तेह्रथुम, ०७ मंसिर । तेह्रथुमको प्रतिनिधि सभा तर्फ नेकपा एमालेले अग्रता लिएको छ ।
एमालेका विजय सुब्बाले ५ हजार ५२३ मत प्राप्त गरेका छन् ।
नेपाली काँग्रेसकी सीता गुरूङले ४ हजार २६८ मत प्राप्त गरेका छन् । सुब्बाले १ हजार २२७ मतले अग्रता लिएका हुन् ।
काठमाडौँ–९ ९१० मा एमालेका डङ्गोल विजयी
काठमाडौँ निर्वाचन क्षेत्र नं ९ मा प्रदेशसभा ९१० सदस्यमा नेपाल कम्युनिष्ट पार्टी ९नेकपा एमाले०का हरिकृष्ण डङ्गोल विजयी हुनुभएको छ ।
निर्वाचन अधिकृत पूजा खत्रीका अनुसार उहाँ चार हजार चार सय ५२ मतसहित विजयी हुनुभएको हो ।
उहाँले प्रतिस्पर्धी नेपाली कांग्रेसका नानुमैया बाँस्तोलालाई चार सय ३२ मतले पछि पार्नुभयो ।
कांग्रेसका बाँस्तोलाले चार हजार २० मत प्राप्त गर्नुभएको छ ।