काठमाडौं, ०७ मंसिर । इलाम–२ मा एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले अग्रता बढाएका छन् ।
उनले काँग्रेसका डम्बरबहादुर खड्कालाई करिब ४ सय मतान्तरले पछि पारेका हुन् ।
यसअघि नेम्वाङ काँग्रेसका खड्काभन्दा पछि थिए । पछिल्लो मत परिणाम अनुसार नेम्वाङले ७ हाजार ५७९ मत प्रप्त गरेका छन् ।
त्यस्तै काँग्रेसा खड्काले ७ हजार १२१ मत प्राप्त गरेका छन् ।
तनहुँ २ (१) मा एमालेका महत विजयी
प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन २०७९ अन्तर्गत तनहुँ–२ (१) मा नेकपा (एमाले)का श्यामराजा महत निर्वाचित हुनुभएको छ ।
आज बिहान सार्वजनिक मतपरिणामअनुसार प्रतिस्पर्धीभन्दा एक हजार सात सय ७२ बढी मत प्राप्त गरी महत प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको हो ।
महतले १५ हजार छ सय ५३ मत प्राप्त गर्नुभएको तनहुँ क्षेत्र नं २ का निर्वाचन अधिकृत गोविन्द उपाध्यायले जानकारी दिनुभयो ।
प्रतिस्पर्धी वाम–लोकतान्त्रिक गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का राजेन्द्रकेशरी न्यौपानेले १३ हजार आठ सय ८१ मत प्राप्त गर्नुभयो ।
उक्त प्रदेशमा ३७ हजार सात सय ९४ मत खसेको थियो । यो प्रदेशमा व्यास नगरपालिका–५ र ६, म्याग्दे गाउँपालिका तथा शुक्लागण्डकी नगरपालिका पर्दछ ।
विसं २०३४ मा कम्युनिष्ट पार्टीको सदस्यता लिनुभएका महतले विसं २०४४ मा भएको उपनिर्वाचनमा नै राष्ट्रिय पञ्चायत सदस्यमा चुनावमा पराजय भोग्नुभएको थियो ।
महत विसं २०५४ देखि २०५९ सम्म नगरोन्मुख नमूना ढोरफिर्दी गाविसको अध्यक्ष बनेर काम गर्नुभएको थियो । नेकपा माले, मानन्धर समूह हुँदै चारपटक जिल्ला कमिटी सदस्य बन्नुभएका महत विसं २०४९ मा जिल्ला विकास समिति सदस्यमा निर्वाचित हुनुभएको थियो ।
महतले पर्यटकीय सहर पोखरासँग जोडिएको यस क्षेत्रलाई भौतिक पूर्वाधारसँगै सांस्कृतिक सहरका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।