ताप्लेजुङ : अन्तिममा आएर योगेश भट्टराईले लिए अग्रता

ताप्लेजुङ, ०७ मंसिर । ताप्लेजुङमा नेकपा एमालेका उम्मेदवार योगेश भट्टराईले अग्रता लिएका छन् ।

पछिल्लो मत परिणाम अनुसार भट्टराईले २१ हजार ६९ मत प्राप्त गरेका छन् । नेकपा माओवादी केन्द्र खेलप्रसाद बुडाक्षेत्री २० हजार ८६५ मत प्राप्त गरेका छन् ।

दवैको मतान्तर २०४ रहेको छ । अब मत गन्न करि २ हजार मात्रै बाँकी रहेको जनाइएको छ । यसअघि भट्टराई पछि परेका थिए ।

काठमाडौँ–४ः प्रदेशसभा १ मा कांग्रेसका लामिछाने र २ मा एमालेका थापा विजयी

काठमाडौँ जिल्लाको निर्वाचन क्षेत्र नं ४, प्रदेशसभा १ को प्रदेश सदस्यमा नेपाली कांग्रेसका श्रीराम लामिछाने विजयी हुनुभएको छ । उहाँले सात हजार एक सय २५ मतका साथ विजयी हुनुभएको निर्वाचन अधिकृत शारदा पौडेलले जानकारी दिनुभयो ।

यस्तै यसै निर्वाचन क्षेत्र अन्तर्गत प्रदेश २ को प्रदेशसभा सदस्यमा नेकपा एमालेका जयराम थापा निर्वाचित हुनुभएको छ ।

उहाँले दश हजार तीन सय १७ मतसहित निर्वाचित हुनुभएको निर्वाचन अधिकृत पौडेलले जानकारी दिनुभयो ।

नवलपरासी बर्दघाट सुस्ता पूर्व–२ को दुवै प्रदेशमा एमाले विजयी
नवलपरासी बर्दघाट सुस्ता पूर्व–२ को दुवै प्रदेशमा नेकपा एमालेका उम्मेदवार विजयी हुनुभएको छ । क्षेत्र–२ (१) र (२) मा क्रमशः एमाले नेतृ पद्मा जिसी श्रेष्ठ र लक्ष्मण पाण्डे विजयी हुनुभएको हो ।

श्रेष्ठले १९ हजार तीन सय ७८ ल्याएर विजयी हुनुभएको छ भने उहाँका प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र) का सौगमकुमार सिरपालीले १४ हजार सात सय ४३ मत ल्याउनुभएको छ । यो क्षेत्रमा विसं २०७४ को निर्वाचनमा कांग्रेस विजयी भएको थियो । त्यसैगरी (२) मा पाण्डेले १८ हजार आठ सय छ मत पाउनुभएको छ भने उहाँका प्रतिस्पर्धी नेकपा (एकीकृत समाजवादी)का गोपाल खनालले १४ हजार सात सय ६१ मत पाउनुभएको छ ।