मकवानपुर–२ : एमालेका बर्तौला विजयी, कहिल्यै नहारेका बिरोध खतिवडा हारे

हेटौँडा, ०८ मंसिर । मकवानपुर –२ मा एमाले विजयी भएको छ ।यहाँ नेकपा एमालेका उम्मेदवार महेश बर्तौलाले गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेकपा एकिकृत समाजवादीका बिरोध खतिवडालाई पराजित गरेका हुन् ।

अन्तिम मत परिणाम आउँदासम्म बर्तौलाले ३४ हजार ६ सय १६ मत पाएका थिए । त्यस्तै उनका निकटतम प्रतिस्पर्धी खतिवडाले ३० हजार ३ सय ९४मत प्राप्त गरे ।

यो क्षेत्रमा जम्मा ८६ हजार ६५२ मत खसेको थियो ।

झापा ३ (२) मा एमालेका चुडाल विजयी

झापामा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्तरगत झापा क्षेत्र नं। ३ को प्रदेशसभा ९२० मा एमाले–राप्रपा तालमेलका उम्मेदवार छविलाल चुडाल विजयी हुनुभएको छ ।

आज सम्पन्न मतगणना अनुसार चुडाल १९ हजार आठ सय ७५ मतका साथ विजयी हुनुभएको झापा क्षेत्र नं। ३ का मुख्य निर्वाचन अधिकृत चन्द्रमणि ज्ञवालीले जानकारी दिनुभयो । उहाँका निकटम् प्रतिद्वन्द्वी लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्र) का पूर्णसिंह राजवंशीले १३ हजार आठ सय ३३ मत प्राप्त गर्नुभएको छ ।

यता, झापा क्षेत्र नं.३ को प्रतिनिधिसभा सदस्यका उम्मेदवार राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको अग्रता कायमै छ ।
अध्यक्ष लिङ्देनले २२ हजार ९६१ मत प्राप्त गर्नुभएको छ भने लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट नेपाली कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले २० हजार १४९ मत प्राप्त गर्नुभएको छ ।

झापा– २ मा घिमिरे निर्वाचित

झापा क्षेत्र नम्बर –२ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उम्मेद्वार देवराज घिमिरे निर्वाचित हुनुभएको छ ।

निर्वाचन अधिकृत केशवराज पन्तका अनुसार उहाँले २८ हजार पाँच सय ९७ मत प्राप्त गरी विजयी बन्नुभएको हो । उहाँका निकटम प्रतिस्पर्धी स्वतन्त्र तर्फका उम्मेद्वार स्वागत ९भद्रप्रसाद० नेपालले २६ हजार चारसय ४१ मत प्राप्त गर्नुभएको छ ।

यस क्षेत्रका दुवै प्रदेश क्षेत्रमा समेत नेकपा एमालेकै उम्मेद्वार चिन्तन पाठक र एकराज कार्की विजयी बन्नुभएको छ । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा प्रदेश नम्बर एकका पार्टी इन्चार्ज देवराज घिमिरे पार्टीमा एक इमान्दार नैतिकवान र आदर्श व्यक्तित्वको रुपमा चिनिहुन्छ ।

पाँचवटा निर्वाचन क्षेत्र रहेको झापामा तीन वटाको नजिता सार्वजनिक भइसकेको छ भने क्षेत्र नम्बर ३ र ४ मा भने मतगणना जारी छ ।

रुपन्देही ५(१) मा एमालेका भूमिश्वर ढकाल विजयी

रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर ५ को प्रदेशसभा १ मा नेकपा (एमाले) का भूमिश्वर ढकाल निर्वाचित हुनुभएको छ । अन्तिम मतपरिणाममा एमाले उम्मेदवार ढकाल १९ हजार ७८ मत प्राप्त गरी दोस्रोपटक प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको हो ।

अन्तिम मतपरिणाममा ढकालका निकटतम उम्मेदवार नेकपा (माओवादी केन्द्र) का विनोद पहाडीले ११ हजार तीन सय ६८ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत चुरामणी शर्माले जानकारी दिनुभयो । सो क्षेत्रमा दुई हजार एक सय १० मत बदर भएको छ ।

यस क्षेत्रको प्रतिनिधिसभा सदस्यमा एमालेका वासुदेव घिमिरे अग्रस्थानमा हुनुहुन्छ । नेपाली काङ्ग्रेसका भरतकुमार शाह दोस्रो स्थानमा हुनुहुन्छ ।