काँग्रेस केन्द्रीय सदस्यमा पीछडिएको क्षेत्रमा सिंह र महिलातर्फ चौधरी निर्वाचित

काठमाडौं, ३ पुष । नेपाली काँग्रेसको १४औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत समावेशीबाट २ केन्द्रीय सदस्यको अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।
जसमा महिलातर्फ र पीछडिएको क्षेत्रतर्फको एक एक गरेर दुई समावेशी तर्फको अन्तिम परिणाम आएको हो । जसमा पीछडिएको क्षेत्र खुलामा अर्जुनजङ बहादुर सिंह निर्वाचित भएका छन् । उनले ४६ सय ७२ मत खसेकामा २ हजार ५७७ मत ल्याएर विजयी प्राप्त गरे ।

उनको निकटतम प्रतिद्वन्द्वी दिपक जङ थापाले २ हजार ५६ मत प्राप्त गरेका छन् । जसमा ३९ मत बदर भएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

त्यस्तैगरी महिला तर्फको केन्द्रीय सदस्यमा प्रदेश २ बाट गीता चौधरी निर्वाचित भएका छन् । उनले खसेको जम्मा ४ हजार ६६२ मध्ये २ हजार ७३१ मत प्राप्त गरेर विजय भएकी हुन् । उनका निकटतम प्रतिद्न्द्वि गीता चौधरीले १ हजार ८२५ मत प्राप्त गरेकी छिन् । यसमा ४६ मत बदर भएको निर्वाचन समितिले जनाएको छ ।

अन्य केन्द्रीय सदस्यको निर्वाचन मत परिणामा आउने बाँकी छ । गत मंसिर २७ गते १४औँ महाधिवेशनको निर्वाचन भएको थियो ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!