लमजुङमा पृथ्वीसुब्बा गुरुङले माओवादीका महासचिव देव गुरुङलाई हराए

काठमाडौं, ०८ मंसिर । लमजुङमा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले माओवादी महासचिव देव गुरुङलाई पराजित गरेका छन् ।

भर्खरै सम्पन्न मतगणनामा पृथ्वीले ३४ हजार ९६९ मत पाए भने देव गुरुङले ३१ हजार ७८९ मत पाएका हुन् ।

पाल्पा १ ९१० मा एमालेका श्रेष्ठ निर्वाचित

पाल्पा क्षेत्र नं १ (१) मा नेकपा (एमाले)का राजुप्रसाद श्रेष्ठ प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको छ । गत आइतबार सम्पन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा निर्वाचनको मतपरिणाम अनुसार उहाँले पाँच हजार तीन सय ९० मतान्तरले जितलाई आफ्नो पक्षमा पार्नुभएको थियो ।

श्रेष्ठले क्षेत्र नं १ प्रदेश ९१० भित्रका १९ वडाबाट खसेको ३१ हजार दुई सय ११ मतमध्ये १७ हजार छ सय ४२ मत प्राप्त गर्नुभएको छ । उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका श्यामकान्त खनालले १२ हजार दुई सय ५२ मत प्राप्त गर्नुभएको छ ।

प्रदेशसभा सदस्यमा मङ्गोल नेशनल अर्गनाइजेशनका पूर्णबहादुर रुचालले दुई सय ६० मत, राष्ट्रिय प्रजातन्त्र पार्टीका डुलबहादुर गाहाले चार सय ३१ मत र राष्ट्रिय जनमुक्ति पार्टीका भिमसेन सुनारीले ८० मत ल्याउनुभएको छ ।
कूल मतमध्ये पाँच सय ४६ मत बदर भएको निर्वाचन अधिकृत गोपादप्रसाद ढकालले जानकारी दिनुभयो ।

क्षेत्र नं १ ९१० अन्तर्गत निस्दी र पूर्वखोला गाउँपालिकाको वडा नं १ र ३, रामपुर नगरपालिका क्षेत्र पर्दछन् ।
क्षेत्र नं १ मा ९६ हजार ३३ मतदाता रहेकामा निर्वाचनमा ५८ हजार चार सय ९१ मत खसेको छ ।

को हुन नवनिर्वाचित श्रेष्ठ

विसं २०२३ मा पाल्पाको रामपुर नगरपालिका–५ बेझाडमा जन्मनुभएका श्रेष्ठ ०३६ मा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन रामतुलसी माविको एकाइ सचिवको जिम्मेवारीमा रहँदै राजनितिमा प्रवेश गर्नुभएको थियो ।
उहाँ ०३६ एमालेको पार्टी सदस्य र ०४६ मा सङ्गठित सदस्यता लिएर श्रेष्ठले एमाले पाल्पाको विभिन्न पदमा रहेर समेत काम गर्नुभएको थियो ।

दलहरु प्रतिबन्धित रहेको समयमा रामपुर गाउँ कमिटीमा आबद्ध भएर ०४६ को जनआन्दोलनमा सक्रिय रहनुभएको थियो ।

त्यस समयपछि इलाका कमिटी सचिव, क्षेत्रिय कमिटी सदस्य हुँदै जिल्ला कमिटी दुई कार्यकाल सदस्य बन्नुभएको थियो ।

श्रेष्ठ अहिले एमाले लुम्बिनी प्रदेशको सचिवालय सदस्य पदमा रहनुभएको छ ।

उहाँ ०५४ को स्थानीय चुनावमा तत्कालीन रामपुर गाविस वडा नं ४ को वडाध्यक्षमा नेकपा एमालेबाट निर्वाचित भएर कामसमेत गर्नुभयो । सङ्घीयता कार्यान्वयनमा आएसँगै ०७४ मा भएको स्थानीय तहको निर्वाचनमा रामपुर नगर प्रमुख पदमा पराजित हुनुभएको थियो ।

रुपन्देही ५ मा एमालेका घिमिरे विजयी

रुपन्देही –५ मा नेकपा (एमाले)का वासुदेव घिमिरे विजयी हुनुभएको छ ।

उहाँले नेपालीे कांग्रेसका भरतकुमार शाहलाई नौ हजार सात सय दुई मतको अन्तरले पराजित गर्नुभएको हो ।

गत आइबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतपरिणाम अनुसार घिमिरेले ३६ हजार आठ सय २२ मत ल्याउँदा शाहले २७ हजार एक सय २० मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत चुरामणि शर्माले जानकारी दिनुभयो ।

कांग्रेसका शाह यसअघिका तीन निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित हुनुभएको थियो । एक लाख २९ हजार एक सय ३५ मतदाता रहेको यस क्षेत्रमा ८५ हजार सात सय ३६ मत खसेको थियो ।