तेह्रथुम, ०८ मंसिर । तेह्रथुमको प्रतिनिधिसभा र दुवै प्रदेशसभामा वाम–लोकतान्त्रिक गठबन्धनले अग्रता लिएको छ ।
प्रतिनिधि सभा तर्फ नेपाली काँग्रेसकी उम्मेदवार सिता गुरुङ ८०७ मतले अगाडि छिन् । उनले ६ हजार ९९२ मत प्राप्त गरेकी छिन् ।
त्यस्तै नेकपा एमालेका विजय सुब्बाले ६ हजार १८७ मत प्राप्त गरेका छन् ।
अहिले छथर गाउँपालिका र लालिगुराँस नगरपालिका मतगणना भईसकेको छ । प्रदेश सभा निर्वाचन क्षेत्र १ तर्फ नेपाली काँग्रेसले अग्रता लिएको छ ।
काँग्रेसका सन्तोष सुब्बाले ६ हजार ६११ मत प्राप्त गरेका छन् । नेकपा एमालेका किशोर चन्द्र दुलालले ६ हजार ४मत प्राप्त गरेका छन् । यहाँ काँग्रेसका सुब्बा ६०७ मतले अगाडि छन् ।
प्रदेश सभा निर्वाचन क्षेत्र २ मा नेकपा माओवादी केन्द्रको अग्रता कायमै छ । केन्द्रका दुर्गाप्रसाद चापागाँई (सचिन)ले ५ हजार ६०० मत प्राप्त गरेका छन् ।
नेकपा एमालेका तेजमान कन्दङवाले ५ हजार २९३ मत प्राप्त गरेका छन् । यहाँ चापागाईंले ३०७ मतले अग्रता लिएका छन् ।
प्रतिनिधि सभा तर्फ छथर गाउँपालिका र लालिगुराँस नगरपालिकाको मतगणना भइसकेको छ । प्रदेश सभा निर्वाचन क्षेत्र १ को पनि छथर गाउँपालिका र लालिगुराँस नगरपालिकाको मतगणना भइसकेको छ ।
प्रदेश सभा निर्वाचन क्षेत्र २ को आठराई र फेदाप ३,४ र ५ वडाको मतगणना भइसकेको छ ।
हाम्रो सवाल डटकमबाट