काठमाडौं, ०८ मंसिर । काभ्रे प्रतिनिधि सभा क्षेत्र –२ मा नेकपा एमालेका उम्मेदवार गोकु बास्कोटाले मतान्तर बढाएका छन् ।
पछिल्लो मतपरिणाम अनुसार उनी काँग्रेसका शिव हुमागाईँ भन्दा १ हजार भन्दा बढीले अगाडि छन् ।
गोकुल बास्कोटा २४ हजार १०८ मत पाइसकेका छन् भने उनका प्रतिद्वन्द्वी काँग्रेसका हुमागाईँले २२ हजार ९७२ मतका साथ पछ्याइरहेका छन् ।
यसअघि हुमागाईँ अघि थिए । पछिल्लो मतगणनामा बास्कोटालाई उल्लेख्य मत प्राप्त भएको हो ।
रुपन्देही २ (१) मा एमालेका गिरी विजयी
रुपन्देहीको क्षेत्र नम्बर २ को प्रदेशसभा १ मा नेकपा ९एमाले० का लिला गिरी निर्वाचित हुनुभएको छ ।
एमाले पोलिटब्युरो सदस्य गिरी प्रदेशका पूर्वमन्त्रीसमेत हुनुहुन्छ ।
गिरीले १७ हजार छ सय ३२ मत प्राप्त गर्दा सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका दीर्घबहादुर केसी (कुमार) ले १४ हजार नौ सय ९८ मत प्राप्त गर्नुभएको प्रमुख निर्वाचन अधिकृत उद्विर नेपालीले जानकारी दिनुभयो ।
यो क्षेत्रमा ४१ हजार ७३ मत खसेको थियो । क्षेत्र नम्बर २ को प्रदेशसभा २ मा एमालेका उम्मेदवार भोजप्रसाद श्रेष्ठ अगाडि हुनुहुन्छ ।
प्यूठानबाट एमालेका सूर्य थापा निर्वाचित
एउटा मात्र प्रतिनिधिसभा र दुई प्रदेशसभा निर्वाचन क्षेत्र रहेको प्यूठानको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । अन्तिम मत परिणामअनुसार नेकपा ९एमाले० प्रतिनिधिसभा र प्रदेशसभा १ मा विजयी भएको छ ।
निर्वाचन कार्यालयले प्रत्यक्षतर्फको अन्तिम मतपरिणाम सुनाउँदै प्रतिनिधिसभामा एमालेका सूर्य थापा ४१ हजार एक सय १८ मत ल्याई विजयी भएको घोषणा गरेको छ ।
उहाँका प्रतिद्वन्द्वी पाँच दलीय गठबन्धनबाट उम्मेदवार बनेकी राजमोकी उपाध्यक्ष दुर्गा पौडेलले ३५ हजार आठ सय १४ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत देवप्रसाद योगीले जानकारी दिनुभयो । नेकपा ९एमाले० पोलिटब्यूरो सदयसमेत रहनुभएका थापाले पाँच हजार दुई सय ७४ मतान्तरले जित हासिल गर्नुभएको छ ।
यस्तै प्रदेशसभातर्फ प्रदेशसभा १ मा एमालेकै तुल्सीराम शर्मा विजयी हुुनुभएको छ । उहाँले २० हजार दुई सय १० मत ल्याई विजयी हुनुभएको निर्वाचन कार्यालयले जनाएको छ । उहाँका प्रतिद्वन्द्वी माओवादी केन्द्रका कृष्णकुमार अधिकारीले १७ हजार छ सय २७ मत ल्याउनुभएको छ ।
अधिकारी पाँच दलीय गठबन्धनका तर्फबाट उम्मेदवार बन्नुभएको थियो । उहाँ एमालेका उम्मेदवार शर्मासँग दुई हजार पाँच सय ८३ मतान्तरले पराजित हुनुभएको हो ।
यसैगरी प्रदेशसभा २ मा नेपाली कांग्रेसका सरोज थापा ९रोज राणा० विजयी हुनुभएको छ । उहाँले २२ हजार पाँच सय १८ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका प्रतिद्वन्द्वी एमालेका हरि रिजालले २० हजार आठ सय सात मत प्राप्त गर्नुभएको निर्वाचन कार्यालयले जनाएको छ । पाँच दलीय गठबन्धनबाट उम्मेदवार बन्नुभएका राणाले प्रतिद्वन्द्वी उम्मेदवार एमालेका रिजाललाई एक हजार सात सय ११ मतान्तरले पराजित गर्नुर्भको हो ।
एक लाख ५९ हजार सात सय ६० कूल मतदाता रहेको प्यूठानमा जम्मा ८८ हजार ४७ अर्थात् ५५ दशवलव ११ प्रतिशत मत खसेको थियो ।
एउटा मात्र प्रतिनिधिसभा र दुईवटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेको प्यूठानको प्रदेशसभा १ मा ४० हजार नौ सय आठ मत खसेको हो ।