पाँचाथरमा वसन्त नेम्वाङले मारे बाजी, काँग्रेस जिल्ल !

पाँचथर, ०९ मंसिर । पाँचथरको प्रतिनिधिसभातर्फ एमालेले विजयी हासिल गरेको छ ।

निक्कै प्रतिस्पधात्मक बनेको मतपरिणाममा अन्तिम मत परिणाम आउँदासम्म एमालेले जित निकालेको हो ।

एमालेका पूर्वमन्त्री वसन्तकुमार नेम्वाङ ४७ मतसहित विजयी हुँदा नेपाली काँग्रेसका सहमहामन्त्री भीष्मराज आङ्देम्बे झिनो मतान्तरले पराजित हुन पुगे ।

हारसँगै आङदेम्बेले नेम्वाङलाई बधाइ दिँदै संसदमा बसेर आफूले जिल्लाको बिकास गर्ने सपना अधुरै रहेको बताएका छन् ।

नेम्वाङको यो चौँथो जित हो ।

आङ्देम्बेले यस्तो भनेका छन्

अन्तत ४७ मतको अन्तरले पराजित भएको छु। संघिय संसदको रुपमा जिल्लाको समग्र बिकासमा काम गर्ने सपना अपुरै रह्यो, यधपी जनताले दिएको निर्णयका प्रति उच्च सम्मान ब्यक्त गर्दै सदैव देश र जनताको सेवामा लागि रहने प्रण गर्दछु।

निर्वाचित मेरा मित्र बसन्त नेम्वाङ तथा प्रदेश तर्फ ईन्द्रहाँङ आङ्बो ुमौसमु र कमल जबेगुलाई हार्दिक बधाई तथा शुभकामना दिंदै निर्वाचन अभियानको क्रममा साथ सहवोग र सदभाव ब्यक्त गर्नु हुने गठबन्धनका सम्पुर्ण आदरणीय

नेता तथा कार्यकर्ता, देश (बिदेशमा रहनु हुने शुभचिन्तक दाजु भाई तथा दिदी बहिनीहरुमा हार्दिक आभार र धन्यवाद ज्ञापन गर्दै निर्वाचनको क्रममा मैले गरेका संकल्पहरु पुरा गर्ने अभियानमा निरन्तर लागि रहने प्रण गर्दछु।

इलाम–२ (२) एमालेका मगर विजयी

इलाम–२ (२) मा नेकपा ९एमाले०का उम्मेदवार रामबहादुर मगर प्रदेशसभा सदस्यमा विजयी हुनुभएको छ ।

उहाँले वाम–लोकतान्त्रिक गठबन्धन तर्फबाट नेकपा (एकीकृत माओवादी केन्द्र)का उम्मेदवार हर्क लावती कान्छालाई दुई हजार पाँच सय ७८ मतान्तरसहित विजयी हुनुभएको हो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार मगरले १३ हजार सात सय ५४ मत प्राप्त गर्दा हर्क लावती कान्छाले ११ हजार एक सय ७६ मत प्राप्त गर्नुभएको छ ।