तेह्रथुमको प्रदेशसभा (२) मा माओवादीका चापागाई विजयी, तेजमान कन्दङ्वा पराजित

तेह्रथुम, ०९ मंसिर । तेह्रथुमको प्रदेशसभा (२) मा सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार दुर्गाप्रसाद चापागाईँ विजयी हुनुभएको छ ।

उहाँले निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का तेजमान कन्दङ्वालाई पराजित गर्नुभएको हो ।

विजयी हुनुभएका चापागाईँले आठ हजार तीन सय ९४ मत प्राप्त गर्नुभयो । पराजित हुनुभएका एमालेका कन्दङ्वाले आठ हजार ९९ मत प्राप्त गर्नुभएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
विजयी चापागाईँ माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं तेह्रथुम जिल्ला इन्चार्ज समेत हुनुहुन्छ ।

निकटम प्रतिद्वन्द्वी कन्दङ्वा प्रदेशसभा सदस्य तथा एमाले तेह्रथुम जिल्ला अध्यक्ष रहनुभएको छ ।

प्रदेशसभा ९२० अन्तर्गत आठराई, फेदाप र मेन्यायेम गाउँपालिका रहेका छन् । यस क्षेत्रमा ३२ हजार ८१२ मतदाता रहेकामा १८ हजार आठ सय जनाले मतदान गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।