तेह्रथुम, ४ पुष । नेकपा (एकीकृत समाजवादी)को भातृ संगठन युवा संघ नेपाल तेह्रथुमको पहिलो जिल्ला भेलाले दिपेन्द्र लिम्बूको अध्यक्षतामा ७५ सदस्यीय जिल्ला कमिटी चयन गरेको छ ।
पौष २ गते म्याङलुङ स्थित उद्योग वाणिज्य संघको हलमा सम्पन्न युवा संघ तेह्रथुमको जिल्ला भेला तथा कमिटी गठन कार्याक्रमको अवसरमा अध्यक्ष लिम्बूसहित ७५ सदस्यस्यीय कमिटि गठन गरेको हो।
कमिटिको उपाध्यक्षहरुमा विमल पौडेल, राजेन्द्र खापुङ र सेमिहाङ लिम्बू रहनुभएको छ । यस्तै सचिवमा माओत्सेतुङ र कोषाध्यक्षमा जिवन गुरुङ चयन हुनुभएको छ ।
कार्यक्रमको अवसरमा युवासंघ नेपालका केन्द्रीय उपाध्यक्ष मुना शर्मा, युवा संघ नेपालका केन्द्रीय सचिव प्रत्युस राना, नेकपा एकिकृत समाजवादीका प्रदेश कमिटि सदस्य राजेन्द्र बराल, नेकपा एकिकृत समाजवादीका जिल्ला कमिटी अध्यक्ष कृण्ण चोङबाङ, उपाध्यक्ष प्रदिप सुब्बा बादल र सचिव गजेन्द्र कन्दङ्वा लगायतले नवगठित कमिटिलाई सुभकामना दिदै जिल्लामा रहेका युवाहरुलाई एकजुट बनाउँनमा पहल गर्नुपर्ने बताएका छन् ।