काभ्रे, ०९ मंसिर । काभ्रेबाट नेकपा एमालेका उम्मेदवार गोकुल बाँस्कोटा जित उन्मेख भएका छन् ।
उनी नेपाली काँग्रेसका उम्मेदवार शिवप्रसाद हुमागाईंभन्दा ४ हजार ७२७ मतले अगाडि छन् ।
पछिल्लो मत परिणाम अनुसार बास्कोटाले बाँस्कोटाले ४१ हजार ४४५ मत ल्याउँदा कांग्रेसका हुमागाईंको ३६ हजार ७१८ मत रहेको छ। जबकी अबनौ हजार १०३ मत गणना हुन बाँकी छ । अहिलेसम्म सम्म ९३ हजार ९९७ मतगणना भइसकेको छ ।
यो क्षेत्रमा कुल मतदाता संख्या १ लाख ५७ हजार ४४२ जना रहेका थिए ।
तेह्रथुम प्रदेशसभा (१) २ मा एमालेका दुलाल विजयी
तेह्रथुमको प्रदेशसभा (१) मा नेकपा (एमाले)का उम्मेदवार किशोरचन्द्र दुलालले १० हजार ६३ मत प्राप्त गरी प्रदेशसभा सदस्यमा विजयी हुनुभएको छ ।
उहाँका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सन्तोष सुब्बाले नौ हजार आठ सय ५५ मत गर्नुभएको थियो ।
मतपरिणाम अनुसार विजयी दुलालले दुई सय आठ मतले प्रतिद्धन्द्वी सुब्बालाई पछि पार्नुभएको हो ।
प्रदेशसभा (१) अन्तर्गत छथर गाउँपालिका, लालीगुराँस नगरपालिका र म्याङलुङ्ग नगरपालिका रहेका छन् ।
यस क्षेत्रमा ४९ हजार एक सय २१ मतदाता रहेकामा २२ हजार चार सय २३ जनाले मतदान गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।