इलाम– १ मा झलनाथ खनाल निरन्तर पछि, एमालेको अग्रता कति ?

इलाम, ०९ मंसिर। इलाम – १ मा नेकपा एकीकृत समाजवादीका उम्मेदवार झलनाथ खनाल पछि परेका छन् ।

उनी नेकपा एमालेका महेश बस्नेतसँग पछि परेका हुन् । मतगणना रोकिएपछि पुन थालिएको मत परिणाम अनुसार एमालेका उम्मेदवार महेश बस्नेतले ११ हजार ३ सय ९४ मत प्राप्त गरेका छन् ।

त्यस्तै खनालले ९ हजार ८ सय ४८ मतका साथ बस्नेतलाई पछ्याइरहेका छन् ।

यस क्षेत्रमा १ लाख ९ हजार ५ सय ३५ मतदाता रहेकामा ५९ हजार १ सय ३६ मत खसेको थियो ।

काभ्रे–२ मा बाँस्कोटा निर्वाचित

काभ्रेपलाञ्चोकको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ मा नेकपा ९एमाले०का गोकुलप्रसाद बाँस्कोटा निर्वाचित हुनुभएको छ ।

बाँस्कोटाले मुख्य प्रतिस्पर्धी लोकतान्त्रिक वाम–गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार शिवप्रसाद हुमागाईंसँग पाँच हजार आठ सय ६३ मतान्तरले विजयी हुनुभएको हो । मुख्य निर्वाचन कार्यालयका अनुसार बाँस्कोटाले ४५ हजार तीन सय ४५ मत प्राप्त गर्नुभएको छ भने हुमागाईंले ३९ हजार चार सय ८२ मत प्राप्त गर्नुभएको छ ।

यस्तै यस क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागाईंले १० हजार पाँच सय ८६ मत प्राप्त गर्नुभएको छ । यो क्षेत्रमा १६ जना प्रतिनिधिसभा सदस्यमा प्रतिस्पर्धामा उत्रिएका थिए । यस क्षेत्रमा एक लाख तीन हजार तीन सय ९१ ले मतदान गरेको थिए । बाँस्कोटा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन २०७४ मा निर्वाचित भएर मन्त्रीसमेत हुनुभएको थियो ।

विसं २०३८ मा विद्यार्थी अवस्थादेखि नै राजनीतिमा यात्रारम्भ गर्नुभएका बाँस्कोटा पार्टीका विभिन्न भ्रातृ सङ्गठन तथा पार्टीको जिल्ला नेतृत्व समेत गर्नुभएको थियो । उहाँ पार्टीको पोलिटब्युरो सदस्य हुनुहुन्छ ।