समानुपातिक मतमा एमाले पहिलो स्थानमै कायम, अन्यको कति ?

काठमाडौं, १० मसिर । प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फ नेकपा ९एमाले० ले १७ लाखभन्दा बढी मत प्राप्त गरेको छ ।

निर्वाचन आयोगले आज विहान ५ बजेसम्म अद्यावधिक गरेको मतपरिणाम अनुसार एमालेले १७ लाख १७ हजार ३६ मत प्राप्त गरेको छ ।

त्यसैगरी नेपाली कांग्रेसले १६ लाख ३२ हजार छ सय ६४ मत प्राप्त गरेको छ ।

घण्टी चिह्न भएको राष्ट्रिय स्वतन्त्र पार्टीले सात लाख ४५ हजार पाँच सय ६१ मत प्राप्त गरेको छ भने नेकपा ९माओवादी केन्द्र० ले अहिलेसम्म सात लाख १९ हजार तीन सय ७२ मत प्राप्त गरेको छ ।

त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले तीन लाख ७८ हजार दुई सय ३३, जनता समाजवादी पार्टी (जसपा) ले दुई लाख चार हजार सात सय २४, नेकपा (एकीकृत समाजवादी) ले एक लाख ४८ हजार दुई सय १७ र नागरिक उन्मुक्ति पार्टीले एक लाख लाख ३३ हजार पाँच सय चार मत प्राप्त गरेका छन् ।

तेह्रथुम–१ मा कांग्रेस नेत्री गुरुङ विजयी

तेह्रथुम निर्वाचन क्षेत्र नं १ मा मा नेपाली कांग्रेसका उम्मेदवार सीता गुरुङ प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ ।

निर्वाचन आयोगको मतपरिणामअनुसार गुरुङ १९ हजार सात सय दुई मतसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो । त्यसैगरी सुब्बाले १८ हजार छ सय २३ मत ल्याउनुभएको छ । उहाँहरु बीचमा एक हजार ७९ मतान्तर रहेको छ ।

तेह्रथुम निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधि सभा निर्वाचनका लागि सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीसहित विभिन्न पार्टीबाट १० उम्मेदवार रहनुभएको थियो ।

मञ्चका विष्णुकुमार चोङवाङ सात सय २३ मत प्राप्त गरी तेस्रो हुनुभएको छ ।