इलाम– २ मा सुवास नेम्वाङको अग्रता कायमै

काठमाडौं, १० मंसिर । इलाम – २ मा सुवास नेम्वाङले ५३४ मतका साथ लिड गरिरहेका छन् ।

हाल इलाम नगरपालिका भित्रका मतगणना भइरहेको छ । यसअघि धेरै मतान्तरले अघि रहेपनि नेम्वाङसँगको दुरी काँग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले घटाइरहेका छन् । यद्यपि नेम्वाङको अग्रता भने कायमै रहेको छ ।

पछिल्लो मत परिणाममा नेम्वाङले २६ हजार २४४ मत ल्याएका छन् । त्यस्तै खड्काले २५ हजार ७१० मत ल्याउँदै उनलाई पछ्याइरहेका छन् ।

बाँके–१ (२) मा चौधरी विजयी

बाँके निर्वाचन क्षेत्र नंं १ प्रदेशसभा (२) मा नेकपा (एमाले)का दुर्गाप्रसाद चौधरी विजयी हुनुभएको छ । उहाँले १५ हजार छ सय ५७ मत प्राप्त गर्नुभएको छ ।

निर्वाचन आयोगले अद्यावधिक गरेको मतपरिणामअनुसार निकटतम प्रतिद्वन्द्वी नेपाली कांंग्रेसका फूलाराम थारुले १४ हजार सात सय ८० मत पाउनुएभको छ । उहाँहरुबीच आठ सय ७७ मतान्तर रहेको छ ।

बाँके प्रदेश क्षेत्र नंं १ प्रदेशसभा ९२० मा ६५ हजार दुई सय ५५ मतदाता रहेकामा ४१ हजार दुई सय ४३ मत खसेको थियो । प्रतिनिधिसभा बाँके क्षेत्र नं १ मा नेकपा ९एमाले० का सूर्यप्रसाद ढकाल निर्वाचित हुनुभएको छ ।

सो निर्वाचन क्षेत्रमा नागरिक उन्मुक्ति पार्र्टी, नेपाल मजदुर किसान पार्टी, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी र स्वतन्त्र उम्मेदवार गरी सात जना उम्मेदवार रहनुभएको थियो ।