इलाम, १० मंसिर । इलाम क्षेत्र नं – १ मा यतिबेला धेरैको नजर छ । यहाँ नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनाल चुनावी मैदानमा छन् ।
उनको हार वा जित भन्ने चासो धेरेको जनमानसमा जुन्जि रहेको छ । उही सम्मानीत नेतासँग एमालेका मेहेश बस्नेतले प्रतिस्पर्धा गरिरहेका छन् । पछिल्लो मत परिणाम अनुसार झलनाथ खनाललाई बस्नेतले पछि पारेका छन् ।
प्राप्त विवरण अनुसार बस्नेतले १७ हजार ५ सय ५ मत छ भने खनालले १४ हजार ८ सय ६४ मत ल्याएका छन् ।
यस क्षेत्रको ‘क’ मा नेकपा एसकी खिनु लङ्वा र १ ‘ख’ मा एमालेका दीपक थेवेको अग्रता छ।
यस निर्वाचन क्षेत्रमा मतगणनाका क्रममा विवादसमेत भएको थियो । त्यस क्रममा केहीबेर मतगणना प्रभावित भएको थियो ।