आफ्नै पूर्वकार्यकर्तासँग नराम्ररी हारे झलनाथ खनाल

काठमाडौं, ११ मंसिर । इलाम २ मा नेकपा एमालेका उम्मेदवार महेश खड्काले पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई पराजित गरेका छन् ।

२०५४ देखि २०५९ सालसम्म इलाम नगरपालिकाको प्रमुख बनेका बस्नेत २०७४ सालको निर्वाचनमा दोस्रोपटक मेयरमा निर्वाचित भएका थिए । उनै बस्नेतले २०७९ सालमा आइपुग्दा पूर्व प्रम खनाललाई प्रतिनिधिसभा सदस्यमा पराजित गर्न पुगेका हुन् ।

लामो समय खनाललाई नेता मानेर कार्यकर्ताको भूमिका निभाएका बस्नेतलाई पार्टीले योपटक खनालसँग प्रतिस्पर्धामा उतारेको थियो ।

आइतबार सार्वजनिक भएको मतपरिणामअनुसार एसका वरिष्ठ नेता खनाल बस्नेतसँग २ हजार ९ सय ५७ मतान्तरले पराजय भए ।

इलाम–१ बाट बस्नेत निवर्चित भए पनि अन्तिम मतपरिणाम भने घोषणा गरिएको छैन ।

यसअघि ६ पटकसम्म चुनाव जिताएर खनाललाई सांसद, पटकपटक मन्त्री र प्रधानमन्त्रीसमेत बनाउन सफल भएका बस्नेत एमाले इलाम जिल्ला अध्यक्षसमेत हुन् ।