काठमाडौं, ११ मसिर । सुनसरी १ बाट जनता समाजवादी पार्टी (जसपा) नेपालका अशोककुमार राई निर्वाचित भएका छन् ।
भर्खरै सम्पन्न मतगणनामा राई निर्वाचित भएका हुन् । उनले आफ्नो निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गोमा तामाङलाई
१७ हजार ५९ मत प्राप्त गर्दै पराजित गरेका हुन् ।
पराजित तामाङले १६ हजार ६०६ मत प्राप्त गरिन् । त्यस्तै तेस्रो बनेको नेकपा माओवादी केन्द्रका मुक्सामहाङ सुब्बाले १३ हजार ८७ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीका अशोककुमार राईले ७ हजार ७७४ मत पाएका छन् ।
यहाँ नेकपा एमालेका उम्मेदवार थिएनन् । जसपाका राईलाई नेकपा एमालेको समर्थन थियो ।
राई एमाले परित्याग गरेको झण्डै २० वर्षपछि एमालेकै सहयोगमा संसद छिर्ने भएका हुन् ।
कुनै समय राई एमाले उपाध्यक्ष थिए । यसअघि निर्वाचनको तयारी गरिरहँदा एमाले अध्यक्ष केपी शर्मा ओलीले कुनै बेलाको मेरो उपाध्यक्षलाई मत दिन भन्दै धरानको कार्यक्रममा सम्बोधन गरेका थिए ।