कैलाली, पुष ४ गते । राष्ट्रिय जनमोर्चा कैलालीकी उपाध्यक्ष तथा प्रदेश कमिटी सदस्य गोर वहादुर विकसहित ११ जना नेकपा एमाले प्रवेश गरेका छन् । गत मंगलबार उनीहरु राष्ट्रिय जनमोर्चा परित्याग गरि एमाले प्रवेश गरेका हुन् ।
नवप्रवेशी सबै नेता नेता तथा कार्यकर्ताहरुलाई नेकपा ९एमाले० कैलालीका अध्यक्ष रतन थापा, उपाध्यक्ष रण वहादुर चन्द, पार्टी सचिव दान बहादुर विश्वकर्मा ९चित्रण० ले टीका र खादा लगाएर स्वागत गरेका थिए ।
एमाले प्रवेश गर्नेमा राष्ट्रिय जनमोर्चाकी जिल्ला उपाध्यक्ष बिक, जिल्ला कमिटी सदस्य बाजी बिक, कैलारी गाउपालीकाबाट गाउ कमिटी सदस्यहरु टिकादेबि टमटा, मोतिसिह टमटा, लक्ष्मिदेबि बिक, सन्त कोली र बिर बहादुर बिक रहेका छन ।
त्यस्तैगरी बदैगोरीयाका बालकुमार स्वर्णबार, गौरीगगाका जमुना देबि सुनार र बिकास बिकले पार्टि प्रवेश गरेका हुन । पार्टी प्रवेश कार्यक्रममा कैलालीका अधिकाँश जिल्ला स्तरका नेताहरुको उपस्थिती रहेको थियो ।