तेह्रथुम, १२ मंसिर । तेह्रथुमका लोकतान्त्रिक–वाम गठबन्धन दलहरुले मतदाता भेटघाट कार्यक्रम गर्ने भएका छन् ।
मंगलबार देखि पालिकास्तरमा मतदाता भेटघाट कार्यक्रम गर्न लागिएको नेपाली काँग्रेस काठमाडौं तेह्रथुम सम्पर्क समिति उपसभापति भगिमान गुरुङले जानकारी दिए ।
मंगलबार भोलिदेखि आगामी सोमबारसम्म जिल्लाका ६ वटै पालिकाका केन्द्रहरुमा गठबन्धन दलहरुले मतदातालाई धन्यवाद दिने कार्यक्रम गर्न लागेका हुन् ।
जस अन्तर्गत पहिलो कार्यक्रम शक्रान्तिबजारमा दिउँसो १ बजे तय गरिएको छ । दास्रो कार्यक्रम शुक्रबार पोक्लाबुङमा दिउँसो १ बजे नै हुने तय गरिएको छ ।
त्यस्तैगरी क्रमश, मंसिर १७ गते शनिबार १ बजे नै मोराहाङ बजार, आईतबार वसन्तपुर बजार र सोमबार शुक्रबारे बजारमा दिउँसो १ बजे कार्यक्रम हुने तय गरिएको छ ।
यस्ताे छ तालिका