बारामा पार्टी परित्याग गरि एमाले प्रवेश गर्नेको लर्को, महेश बस्नेतले गरे ७ सयलाई स्वागत

बारा, ४ पुष । तराई मधेशको जिल्ला बारा एमालेमय बनेको छ । विभिन्न दलबाट ७ सयभन्दा बढी एमाले प्रवेश गरेपछि बारा एमालेमय बनेको हो । यो अवस्था हेर्दा एमालेको १० औं महाधिवेशनपछि नेकपा एमालेप्रतिको आकर्षण ह्वात्तै बढेको देखिन्छ ।

विभिन्न पाटी परित्याग गरि एमाले प्रवेश गर्ने ७ सयभन्दा बढीलाई नेकपा एमालेका केन्द्रीय सदस्य महेश बस्नेतले स्वागत गरेका थिए ।

उनीहरु कांग्रेस, माओवादी र मधेसवादी दल परित्यम गरि एमालेमा प्रवेश गरेका हुन् । पार्टी प्रवेश गर्नेमा सबैभन्दा धेरै विश्रामपुर गाँउपालिका का रहेका छन् ।

त्यहाँबाट मात्रै कांग्रेस, माओवादी, जसपा र लोसपा पार्टी परित्याग गरी एमालेमा ६७७ जना युवाहरु प्रवेश गरेका हुन् । उनीहरुले एमाले आफ्नो सारथी पाटी बनेको भन्दै अघिका पार्टी प्रवेश गरेको प्रतिकृया दिएका छन् ।