तेस्रो प्रयासमा सफल भइन भगवती चौधरी, सुनसरी–३मा हारे काँग्रेसका विजय गच्छदार

काठमाडौं, १३ मंसिर । सुनसरी ३ मा नेपाली काँग्रेसका विजय कुमार अच्छदारलाई पराजित गर्दै नेकपा (एमाले)की भगवती चौधरी निर्वाचित भएकी छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार ४ हजार १ सय ३४ मत गन्न बाँकी रहँदा चौधरीको जित निश्चित भएको हो ।

पछिल्लो मत गणना अनुसार चौधरीले ३९ हजार २९७ मत पाएकी छन् । त्यस्तै गच्छदारले ३३ हजार ८६३ मत पाएका छन् । चौधरी र गच्छदारबीच ५ हजार ४३४ मतको अन्तर रहेको छ ।

चौधरी यसअघि २०७० सालको निर्वाचन गच्छदारसँग निरन्तर पराजित भएकी थिइन् । त्यो बेला चौधरी ३ सय ६२ मतले गच्छदारसँग पराजित भएकी थिइन् ।

त्यस्तै २०७४ मा उनी ३ सय २१ मतान्तरले पराजित भएकी थिइन् । तर ०७९ मा भने एमालेकी चौधरीले गच्छदारलाई पराजित गर्न सफल भएकी हुन् ।