अन्तत: पाँचथरबाट वसन्तकुमार नेम्वाङ नै विजयी भए

काठमाडौं, १३ मंसिर । पाँचथरबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका पूर्वमन्त्री वसन्तकुमार नेम्वाङ नै विजयी भएका छन् ।

पाँचथर जिल्ला इन्चार्ज समेत रहेका नेम्वाङले काँग्रेस सहमहामन्त्री भीष्मराज आङ्देम्बेलाई पराजित गरेका हुन् ।

यसअघि प्रत्यक्षतर्फको मत गनिसक्दा ४७ मतले नेम्वाङ विजयी भएको भनिएता पनि समानुपातिकमा प्रत्यक्षको मत भेटिएपछि उक्त परिणामलाई अधिकारिक मानिएको थिएन।

त्यसपछि सर्वदलिय बैठक बसेर समानुपातिकमा भेटिएका प्रत्यक्षको मत पनि जाड्ने सहमति गरिएको थियो । समानुपातिकको मत पेटिकामा २३ वटा रुखमा र १७ मतपत्र सुर्यमा भेटिएका छन् ।  जसअनुसार वसन्तको जितको अन्तर ६ घटेर ४१ भएको छ ।

प्रधानमन्त्री बन्दै केपी ओली, ओलीको नेतृत्वमा यसरी बन्छ सरकार

मुख्य निर्वाचन अधिकृतको कार्यालका अनुसार पाँचथरमा समानुपातिकको मत गनि सकिएको छ ।

उता नेपाली काँग्रेसले भने मतणनामा केही मतपत्र गायव पारिएको आरोप लगाएको छ । उसले हराएजति मतपत्र नभेटिएको दावीसमेत गरेका छन् । मतपरिणाम प्रति असन्तुष्टि जनाउँदै काँग्रेसले पाँचथरमा पुन: मतदान गर्नुपर्ने जस्ता मागहरु राखिरहेको छ ।