नैतिक संकट पैदा भएको भन्दै नेविसं तेह्रथुम सचिव कटुवालले दिए राजीनामा

तेह्रथुम, १४ मंसिर । गठबन्धनका उम्मेदवारलाई जिताउन नसकेको भन्दै नेपाली काँग्रेस निकट विद्यार्थी संगठबन (नेविसं)का तेह्रथुम सचिवले राजीनामा दिएका छन् ।

बुधबार एक नोट लेख्दै (नेविसं) जिल्ला सचिव हिमराज कटुवालले पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।

उनले हालै सम्पन्न प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा (नेविसं) सचिव पदमा रहेर पनि गठबन्धनको उम्मेदवार जिताउन जुन ढंगबाट परिचालन, सांगठानीक गतिविधि, प्रशिक्षण र चलायमान बनाउनु पर्ने हो त्यो गर्न नसकेको भन्दै नैतिक रुपमा राजीनामा दिएको नोटमा उल्लेख गरेका छन् ।

‘२०७९ को निर्वाचनमा नेपाल विद्यार्थी संघ तेह्रथुमको सचिव जस्तो गरिमामय पदमा रहेर गठबन्धनको उम्मेदवारलाई विजयी गराउन नेपाल विद्यार्थी संघको तर्फबाट जुन ढंगबाट परिचालन, सांगठानीक गतिविधि, प्रशिक्षण, संचालन र चलायमान बनाउनु पर्ने हो त्यो कार्य गर्न सकिएन । यस्तो अवस्थामा संगठनको जिम्मेवारी लिएर बसिरहन सकिन । नैतिक संकट सिर्जना भयो । र, नेपाल विद्यार्थी संघ तेह्रथुमको सचिवबाट राजीनामा दिएको छु,’ उनले भनेका छन् ।

२०७९ मंसिर ४ मा सम्पन्न आम निर्वाचनमा तेह्रथुममा प्रदेश क्षेत्र – १ तर्फ नेपाली काँग्रेसका उम्मेदवार सन्तोश सुब्बा नेकपा एमालेका किशोरचन्द्र दुलालसँग पराजित हुन पुगेका थिए । त्यस्तै प्रदेश – २ क्षेत्रमा र प्रतिनिधिसभातर्फ नेपाली काँग्रेसकी सिता गुरुङ विजयी भएकी छिन् ।

यस्ताे छ पत्र