स्याङ्जा २ मा एमालेकी पद्मा अर्याल अगाडि, काँग्रेस उपसभापति गुरुङ पछि परे

स्याङ्जा, १५ मंसिर । स्याङ्जा २ मा नेकपा एमालेकी पद्माकुमारी अर्यालले काँग्रेसका उपसभापति धनराज गुरुङलाई पछि पारेकी हुन् ।

पछिल्लो मत परिणाम अनुसार अर्यालले २ हजार ३०४ मत प्राप्त गरेका छन् । त्यस्तै गुरूङले १ हजार ७०३ मत ल्याएर पछ्याइरहेका छन् ।

प्रधानमन्त्री बन्दै केपी ओली, ओलीको नेतृत्वमा यसरी बन्छ सरकार

त्यस्तै तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीका टीकराज गुरूङ छन् । उनले ३९९ मत ल्याएका छन् । मतदान भएको १० दिनपछि बुधबार रातिदेखि मतगणना सुरु भएको हो ।

जिल्लाको चापाकोटमा ४ वटा बुथ कांग्रेसले एकलौटी कब्जा गरी फर्जी मत खसालेको भन्दै एमाले, राप्रपा र राष्ट्रिय स्वतन्त्र पाटीले पुनः मतदानको माग गरेका थिए । तर उक्त विवाद सहमति भएपछि बुधबार बेलुकाबाट पतगणना थालिएको हो ।

दोलखाको १० मतदान केन्द्रमा मतदान सुरू

दोलखाका १० मतदान केन्द्रमा मतदान सुरु भएको छ । मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार आज बिहान ७ बजेदेखि मतदान सुरू भएको हो । उक्त मतदान केन्द्रमा चार बुथमा आठ हजार पाँच सय १४ मतदाता रहेका उहाँले जानकारी दिनुभयो ।

निर्वाचन आयोगको यही मङ्सिर ११ गते बसेको बैठकले दोलखाको वैत्यश्वर गाउँपालिका–६ का वैत्यश्वर माध्यमिक विद्यालय मतदान केन्द्रको क, ख र ग, वडा नं २ को जनज्योति माध्यमिक विद्यालय पुतली काठका मतदान केन्द्र क र ख तथा तामाकोसी गाउँपालिका–३ हेल्थपोस्ट भवन जफे मतदान केन्द्रका क र ख गरी सात मतदान केन्द्रमा आज मतदान गर्ने निर्णय गरेको थियो ।

त्यस्तै, वैत्यश्वर वडा नम्बर ३ को कालीढुङ्गा मावि मतदान केन्द्रमा क, ख र ग मतदान केन्द्रमा मतदान सुरू भएको छ ।

निर्वाचन आयोगले यही मङ्सिर ४ गते सम्पन्न भएकोे निर्वाचनलाई रद्द गरी सोही ठाउँमा पुनः मतदान गर्ने निर्णय गरेको हो ।