काठमाडौं उपत्यकाबाट प्रदेश र प्रतिनिधिसभा दुवैमा माओवादी शून्य

काठमाडाैँ, १६ मंसिर । मुलुककै राजधानी काठमाडौं उपत्यकामा नेकपा माओवादी शुन्य भएको छ । उपत्यकाबाट प्रतिनिधि सभाम र प्रदेशसभा दुवैमा शुन्य भएको हो ।

उपत्यकाका जिल्लाहरु काठमाडौँ, ललितपुर र भक्तपुरका प्रदेश सभाका ३० मध्ये ६ स्थानमा माओवादी केन्द्रको उम्मेदवारी थियो । तर उनीहरुले पराजय भोगेका छन् ।

भक्तपुरको प्रदेश सभाका चार क्षेत्रमा माओवादी केन्द्रका उम्मेदवार थिएनन् । त्यस्तै ललितपुर क्षेत्र नं. १ (क)मा माओवादीका उम्मेदवार पराजित भए भने (ख)मा उम्मेदवारी थिएन ।

त्यस्तैगरी काठमाडौँ क्षेत्र नं. ३ (क), काठमाडौँ क्षेत्र नं. ६ को (क) र (ख), काठमाडौँ क्षेत्र नं। १० (क) र (ख)मा उम्मेदवारी थियो तर पराजित भएका छन् ।

माओवादी केन्द्रका सचिव गणेश साहले पार्टीको आन्तरिक तथा सङ्गठनात्मक कमजोरी, गठबन्धनको असहयोग र पुराना पार्टीप्रतिको असन्तुष्टि नयाँ र स्वतन्त्रप्रतिको आकर्षणले गर्दा माओवादी केन्द्र उपत्यकामा शून्य भएको उल्लेख गरेका छन् ।

यही निर्वाचनमा काठमाडौं उपत्यकामा प्रदेशसभामार्फत नेपाली कांग्रेसले ११ र नेकपा (एमाले)ले नौ स्थान जितेका छन् ।

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच सिट जितेको छ । नेकपा (एकीकृत समाजवादी) तीन क्षेत्रमा विजयी भएको छ ।