माओवादीले आज चुनवी समीक्षा गर्दै, प्रचण्डको राजीनामा माग्ने नेताहरुको तयारी

काठमाडौं, १७ मंसिर । नेकपा माओवादी केन्द्रकोका शीर्ष नेताहरु आज निर्वाचन समीक्षा गर्नेगरी बैठक बस्ने तयारीमा रहेका छन् ।

मंसिर ४ गतेको निर्वाचनमा आधाभन्दा बढी उम्मेदवार पराजित भएपछि माओवादीका शीर्ष नेताहरुले निर्वाचन समीक्षाका लागि बैठब बोलाएका हुन् ।

आजको बैठकमा चुनावमा पार्टीलाई भएको क्षतिबारे छलफल गर्ने, कारणहरू पहिल्याउने र सरकार गठन रणनीतिबारे छलफल गर्ने योजना छ।

माओवादीका केही नेताहरुको निष्कर्ष यस्तो छ की प्रचण्डका गलत नीतिले पार्टीले यतिसम्मको क्षति बेहोर्नु परेको हो ।

सो विषयमा आज नेताहरुले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसमक्ष पार्टीको बेहोरेको क्षतिको बारेमा गम्भीरताका साथ कुरा उठाउने तयारी गरेको बुझिएको छ ।

स्रोतका अनुसार आजको बैठकमा अध्यक्ष प्रचण्डको राजीनामा माग्नेसम्मको विषय उठाइने तयारी भइरहेको छ ।

माओवादीमा पनि कांग्रेससँगको सत्तागठबन्धन छोडेर वाम–गठबन्धनका पक्षमा जानुपर्ने धेरै नेताहरुको मत देखिन थालेको धेरैको बुझाइ छ ।

काँग्रेससँगको गठबन्धनका माओवादीले १८ सिट प्रत्यक्षमा जितेको छ । जबकी उसले पहिलो संविधानसभाको चुनावमा १२० सिट प्रत्यक्षमा र समानुपातिकमा १०० सिट प्रात्त गरेको थियो ।

त्यस्तै यसअघि २०७४ सालमा सम्पन्न आम निर्वाचनमा माओवादीले ३६ सिट प्रत्यक्षतर्फ जित निकालेको थियो ।