अजयबाबु शिवाकोटी काँग्रेसको केन्द्रीय सदस्यमा विजयी

काठमाडौं, ४ पुष । पत्रकारिताबाट उदाएका अजयबाबु शिवाकोटी नेपाली काँग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । उनी नेपाली काँग्रेसको १४औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् ।

काँग्रेस केन्द्रीय सदस्यका लागि भएको मतदानको मतपरिणाम आज भर्खरै सम्पन्न भएको छ । शिवाकोटी दोलखाको (साविक) सुस्मा क्षमतावतीमा जन्मिएका उनी दोलखाबाटै केन्द्रीय प्रतिनिधि चुनिएका थिए ।