दोलखा मतगणनामा एमालेको पुनरागमन, माओवादी फेरी उछिट्टिने संकेत

दोलखा, मंसिर १८ । दोलखामा नेकपा एमालेका उम्मेदवार बालकृष्ण सिवाकोटीले अग्रता लिएका छन् ।

सिवाकोटीको अग्रतासँगै माओवादीका गंगाबहादुर कार्की एक हजार भन्दा बढी मतले पछि परेका छन् ।

मतगणनाको सुरुवाती क्रममा माओवादीको कार्कीलाई नै एक हजारको अग्रता थियो । तर आइतबार बिहानसम्ममा एमालेले एक हजारभन्दा बढी मतका साथ लिड गरेको हो ।

उपमेयरमा सर्वाधिक लोकप्रिय मत पाइरहेकी सुनिताको जन्मदिन आज, कति वर्ष पुगिन् ?

पछिल्लो मत परिणाम अनुसार शिवाकोटीले १५ हजार २ सय ६३ मत पाउँदा कार्कीले १४ हजार ९८ मत ल्याएका छन्।

कार्कीभन्दा शिवाकोटी १ हजार १ सय ६५ मतले अगाडि भएका छन्।

मंसिर ४ गते भएको मतदानमा बुथ कब्जा भएपछि गत बिहीबार दोलखाका १० वटा मतदान केन्द्रमा पुनः मतदान भएको थियो।

उता समानुपातिक मत गणनामा पनि नेकपा एमालेले अग्रता कायम गरेको छ । प्रत्यक्षमा दोस्रो दल बनेको नेकपा एमाले समानुपातिकमा पहिलो हुने निश्चित छ ।