दोलखा– २ मा एमालेका केसी विजयी

काठमाडौं, १८ मंसिर । दोलखा प्रदेशसभा – २ मा एमालेका भरतबहादुर केसी विजयी भएको छ ।

यहाँ बुथ कब्जा भएपछि पुन मतदान भएको थियो । त्यसपछि भइरहेको मतगणनामा प्रदेश– २ तर्फ एमाले विजयी भएको हो ।

एमालेका केसीले १९ हजार ४१४ मत ल्याएर विजयी प्राप्त गरे । काँग्रेसका बर्मा लामालाई १ हजार ८१९ मतान्तरले पछि पार्दै केसी विजयी भएका हुन् ।

उता लामाले भने १७ हजार ५९५ मत प्राप्त गरेका छन् । उता प्रतिनिधिसभातर्फको भने मतगणना जारी छ । यस जिल्लामा एमालेका बालकृष्ण शिवाकोटीको अग्रता छ ।