दोलखा, १९ मंसिर । दोलखामा प्रतिनिधिसभा तर्फको मतगणनामा नेकपा माओवादी केन्द्रका उम्मेदवार एमालेका उम्मेदवार भन्दा झिनो मतान्तरले अगाडि रहेका छन् ।
पछिल्लो मत परिणाम अनुसार नेकपा माओवादी केन्द्रका गंगा कार्की ११४ मतले मात्रै अगाडि रहेका छन् । उनको ३३ हजार ७०७ मत प्राप्त गरेका छन् ।
परिणाम उल्ट्याउन लागि परेको पाँचथर काँग्रेस, अन्तत: १ मतान्तर घटाएर फेरी पराजित
त्यस्तै नेकपा एमालेका बालकृष्ण शिवाकोटी ३३ हजार ५९३ मतका साथ कार्कीलाई पछ्याइ रहेका छन् ।
उता राष्ट्रिय स्वतन्त्र पार्टीका जगदीश खरेलले ३ हजार ५०४ मत पाएका छन् । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका विजय खड्काले ६११ मत पाएका छन् ।
मंसिर ४ गते भएको निर्वाचनमा बुध कब्जा भएपछि पुन निर्वाचन गरिएको थियोृ ।