दोलखामा फेरी एमालेको अग्रता, मतगणना पनि अन्तिम चरणमा पुग्यो

काठमाडौं, १९ मंसिर । दोलखामा फेरि एमालेका बालकृष्ण शिवाकोटीले अग्रत कायम गरेका छन् ।

यसअघि माओवादीका गंगा कार्की झिनो मतले अगाडि थिए । तर सोमबार ८ बजेसम्ममा एमालेका बालकृष्ण सिवाकोटीले अग्रता बढाएका हुन् ।
दोलखामा अब मत गणना अन्तिम चरणमा पुगेको छ ।

यस क्रममा अग्रतामा होडबाजी चलिरहेको हो । अहिले माओवादीका गंगा कार्कीलाई ३६ मतले पछि पारेका छन् ।

शिवाकोटीले ३३ हजार ९ सय ३९ र कार्कीले ३३ हजार ९ सय ३ मत पाएका छन् ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!