दोहोर्याएर मन्त्री नबन्ने आङ्बोको घोषणा, मुख्यमन्त्रीमा भने सशक्त दावी

  • कविन्द्र सेर्मा

विराटनगर, मंसिर २७ ।। नेकपा माओवादी केन्द्रका नेता इन्द्रबहादुर आङ्बोले प्रदेश न – १ को मुख्यमन्त्रीको दावेदार आफू नै भएको बताउनु भएको छ।

आर्थिक मामिला तथा योजना मन्त्री समेत रहनु भएका आङ्बोले सहमतिमा सरकार गठन हुँदा प्रदेशमा गठबन्धनको सरकार बन्ने र प्रदेश – १ भागमा माओवादीमा परे मुख्यमन्त्रीको दाबेदार आफू नै हुने बताउनु भएको हो ।

निर्वाचनअघि भएका गठबन्धनसँगै केही दललाई भित्र्याएर सरकार गठन गर्ने उहाँले बताउनुभयो ।

एक कार्यकाल प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी समेत वहन गरिसकेकोले अब को सरकार गठन हुँदा मुख्यमन्त्रीबाहेक अन्यतर्फ आफू नजाने बताउनु भयो।

‘मन्त्री भएर एक कार्यकाल जिम्मेवारी वहन गरिसकेको समेत म सँग अनुभव हुँदा अब को मेरो रोजाइ मुख्यमन्त्री नै हो,’ आङ्बोले भन्नूभयो, ‘त्यो पद अरु साथीहरुलाई अबसर दिनेछु।’

आङ्बो माओवादीबाट निर्वाचित सांसदहरमध्ये प्रदेश एककै सबैभन्दा ‘सिनियर’ नेता हुनुहुन्छ । उहाँ पाँचथर प्रदेसभा– २ बाट नवनिर्वाचित सांसद हुनुहुन्छ । गठबन्धनकै सहमतिमा सरकार बन्ने भएकाले जसपा र राप्रपासँग पनि छलफल भइरहेको उहाँले बताउनु भयो।

नेकपा माओवादी केन्द्रले प्रदेश न। १ मा प्रत्यक्षतर्फ ९ र समानुपातिकमा ४ गरी कुल १३ सिट हासिल गरेको छ। प्रदेश सरकार गठनका लागि माओवादी केन्द्र निर्णायक दलको रुपमा उभिएको छ ।