चुहानडाँडाबाट एक पुरुष सम्पर्कविहीन

तेह्रथुम, २७ मंसिर । तेह्रथुम आठराई गाउँपालिका ६ चुहानडाँडाबाट एक पुरुष सम्पर्क विहीन भएपछि परिवारले खोजी गर्नका लागि आग्रह गरेका छन् ।

वडा ६ हात्तीखर्क निवासी ५३ वर्षका दिलबहादुर गहते सोमबारबाटै सम्पर्क विहीन भएको उहाँका भाइ हिरालाल गहतेले जानकारी दिनुभयो ।

हिरालालका अनुसार दिलकुमार भारतको लामो बसाईपछि केही दिन अघि मात्रै नेपाल आएका थिए । तर मंगलबार नुहाउन जाने भन्दै चुहानडाँडाको हाटडाँडाबाबाट आहाले तिर लागेपछि घर नफर्किएको हुन् । प्रहरीमा निवेदन दिने तयारी रहेको पनि हिरालालले बताउनुभयो ।

सम्पर्कविहिन दाई  कालो वर्णको, ज्याकेट पहेंलो, पाङ्ग्रे हाप पाइन्ट लगाएको र करिब ५.६ इन्च उचाइका रहेका छन् । भेट्नु हुने माहानुभावहरुले ९८४२२१००४३ मा सम्पर्क गर्न आग्रह गरिएको छ ।