झलनाथ खनालद्वारा इलाम – १ को मतपरिणाम अस्वीकार, सर्वोच्चमा दिए निवेदन

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले आफ्नो निर्वाचन क्षेत्रमा धाँधली भएको भन्दै मतपरिणाम बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा निवेदन दिएका छन् ।

नेता खनालले मंगलबार अदालतमा इलाम– १ को मतपरिणाम अस्वीकार गर्दै बदर गर्न निवेदन दिएका हुन् ।

निवेदनमा उनले आफ्ना प्रतिस्पर्धीलाई धाँधदली गरेर विजयी गराईएको दावी गरेका छन् ।

संवैधानिक इजलासमा दायर गरिएको रिट निवेदनमा खनालले निर्वाचन आयोग, इलाम–१ को निर्वाचन अधिकृतको कार्यालय, इलामको मुख्य निर्वाचन अधिकृत, जिल्ला निर्वाचन कार्यालय इलाम, जिल्ला निर्वाचन अधिकारीसहित संघीय संसद् सचिवालय विपक्षी बनाएका छन्।

मंसिर ४ गते सम्पन्न निर्वाचनमा इलाम क्षेत्र नम्बर १ मा खनाल एमालेका उम्मेदवारसँग पराजित भएका थिए ।