आठराई बोर्डिङ स्कुल चुहानडाँडामा ३ शिक्षक आवश्यकता

तेह्रथुम, २८ मंसिर । आठराई इंग्लिस बोर्डिङ स्कुल चुहानडाँडाले ३ शिक्षकको विज्ञापन खुला गरेको छ । स्कुलले बुधबार एक सुचना जारी गर्दै विभिन्न विषयमा लागि ३ शिक्षको माग गरेको हो ।

सुचना अनुसार नर्सरी, युकेजी र एल केजीका लागि एक एक जना शिक्षकको माग गरेको हो । शिक्षण अवधि बिहान १० बजेदेखि साँझ ४ बजेसम्म रहेको छ ।

उक्त विज्ञापनका लागि प्रवीणता प्रमाण पत्र तह वा सो सरहको शैक्षिक योग्यता आवश्यक पर्ने उल्लेख गरिएको छ ।

शिक्षण अनुभव भएकालाई विशेष प्राथमिकता दिइने जनाइएको छ । सेवा सुविधा भने आपसी समझदारीमा हुनेछ । इच्छुक र योग्यता पुगेका उम्मेदवारले ९८६२२९६९३२ र ९८०८४०५५०४ मा सम्पर्क गर्न सक्नु हुनेछ ।