जन्म उत्सवको अवसरमा मृगौला पीडितलाई निशान योङ्हाङद्वारा सहयोग

  • अमृत कुरुम्बाङ्ग

तेह्रथुम, पुुस ४ । समाजसेवी बुद्धिजीवी विभिन्न सामाजिक सस्थामा जोडिएर सामाजिक कार्य गर्दै आउनु भएका निशान योङ्हाङ यहि पौष ५ गते उहाको जन्म दिन परेको छ।

जन्म दिनको उत्सवमा पनि उहाले सामाजिक कार्य गरेर जन्म उत्सव मनाए ।

इलाम जिल्ला माङ्सेबुङ गाउपालिका वार्ड नम्बर ३ इभाङ मा जन्मेका निशान योङ्हाङ परिवारका माईला छोरा हुन्
भने अहिले बैदेशिक रोजगारको सिलसिला मा मलेसिया मा रहनु भएको।

जन्म उत्सवको अवसर मा दुखि पीडित लाई सहयोग गरेर जन्म उत्सव मनाउने निर्णय गरे।
इलाम जिल्ला माङ्सेबुङ गाउपालिका वार्ड नम्बर ३ ईभाङमा बस्ने आशिष सुनुवार विगत लामो समय देखि
मृगौला पीडित भएकोले यति बेला अल्का अस्पताल ललितपुर मा उपचार भैरहेको हुदा उहाको घर परिवारमा आर्थिक स्थिति नाजुक भएकोले उहाको घरपरिवारमा सहयोगको अपिल पनि गरे संगै समाज सेवी निशान योङ्हाङले
जन्म दिनको अवसर पार्दै नमत रु १० दस हजार सहयोग गरेका छन।

विगत केही बर्ष अघि पनि निशान योङ्हाङको अगुवाइ मा आशिष सुनुवार बचाउ अभियान मा
निशान योङ्हाङले ४ लाख सहयोग संकलन गरि हस्तान्तरण पनि आफू सोयम ले गरेका थिए।

सधैं योङ्हाङले अरुको दुख देख्न नसक्ने झन्नै उहाको जन्मदिनमा कसैलाइ सहयोग गर्न पाउँदा उहाले हृदय खोलेर
नगत रु१० हजार सहयोग गरे।

दुनियाँले उहाको काम देखेर महान ब्यतिब्तको ब्याख्या गरेका छन।

किन दुखित पीडित लाई हृदय खोलेर सहयोग गर्छन त बास्तबिक जीवन कथा यस्तो छ।

आखिन को हुन् त निशान योङ्हाङ किन गर्छन सामाजिक कार्य यस्तो छ बास्तबिकता
इलाम लिल्ला माङ्सेबुङ गाउपालिका वार्ड नम्बर ३ ईभाङ मा जन्मेका योङ्हाङ परिवारका माईला छोरा हुन्
योङ्हाङ बाल्यकाल देखि नै ईमान्दार र सहन्सिलता र मेहनती थिए।

यो मेरो बाध्यता नै थियोे सायद यो सब गरीबी कै कारण ले हुनु पर्छ । सायद गरिबी कै कारण ले होला घर मा ममि बाबा बिरामी हुदा पनि दुई चार हजार को लागि रिणका लागि पनि गाउँ घर मा निकै गाह्रो हुन्थ्यो। तेसैले कोहि कसै सारो गाह्रो अप्ठ्यारो मा परेको छ भने पनि सहयोग गर्न मन लाग्छ।

सालिन र ईमानदार योङ्हाङ सानै बाट गाउँ बिकाश को लागि मरि मेट्ने योङ्हाङ घर परिवार को समस्या झेल्दै भए पनि पडाई मा ंद्द सम्म पडेका योङ्हाङ अन्तत एकािसी बैदेशिक रोजगारका लागि बिदेश जाने निर्णय गरे। नागरिक्ता बनाए लगातै ःच्ए पासपोर्ट बनाए र उहाले मलेसियाको लागि भिसा पेसे र केहि दिनमा नै उहाको भिसा पनि आए लगात्तै मलेसिया गए।

दुख र गरिबी लाई नजिक बाट चिनेका निशानले अन्त त मलेसिया बाट धेरै सहयोग गरे अग्नि पीडित मृगौला पीडित र क्यान्सर पीडित जस्ता विभिन्न रोगी बिरामी लाई सहयोग गर्दै आउनु भएको छ।

मलेसिया बसेरै पनि एउटा सामाजिक कार्यमा समर्पित अनलाइन मिडिया ग्रुपको सस्थापक उपाध्यक्ष समेत रहनु भएको छ।

यस्तो छ ग्रुप को नाम नेपाल सरकार द्वारा मान्यता प्रप्त सुन्दताको खानि प्रकिति हो हाम्रो सान। बहुल्यातामै एकता संस्कृति हो हाम्रो पहिचान। सामाजिक कार्यमा समर्पित “सयपत्री मिडिया ग्रुप प्रवास नेपाल” ऐले यश सस्थाका उपाध्यक्ष बनेर विभिन्न दुखि पीडित खेलकुद साहित्य रेडियो सङ्ग सहकार्य गर्दै आएका छन।

ऐले आफ्नै माङ्सेबुङ अनलान खबर संन्चाल गर्दै आउनु भएको छ भने सयपत्री न्युजका एड्मिन पनि भएर काम गर्दै आउनु भएको छ।

समाजसेवी निशान योङ्हाङको भनाइ “दुख मै हुर्केर दुख लाई नजिक बाट नियालेर होला सायद
जो कोहि दुख मा परेको छ भने सहयोग गर्न मन लाग्छ”।