राष्ट्रिय जनमोर्चा धनकुटाका नेता नेकपा (एस)मा प्रवेश, अध्यक्ष नेपालद्वारा भव्य स्वागत

धनकुटा, ५ पुष । राष्ट्रिय जनमोर्चाका नेता तथा पत्रकार गोपाल बराईली नेकपा एकीकृत समाजवादी प्रवेश गरेका छन् ।

उनी सोमबार राष्ट्रिय जनमोर्चा परित्याग गरि औपचारिक रुपमा नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् ।

उनी विभेद बिरुद्वको आन्दोलनको अगुवा समेत हुन् ।

धनकुटा मुगा स्थायी घर भएका बराइलीलाई पार्टी अध्यक्ष माधव कुमार नेपालले एक कार्यक्रमकाबीच स्वागत गरेका थिए ।