आठराई गाउँपालिकाले नि:शुल्क एम्बुलेन्स सेवा संचालन गर्दै

  • सुमन आचार्य

तेह्रथुम, ७ पुस । तेह्रथुमको आठराई गाउँपालिकाले पुस ८ बाट निशुल्क एम्बुलेन्स सेवा संचालनमा गर्ने भएको छ ।

आठराईबासीको सेवा र सुविधाका लागि पालिकाले नि:शुल्क एम्बुलेन्स सेवा संचालनमा ल्याउन लागेको पालिका अध्यक्ष दिलकुमार पाहिमले जानकारी दिनुभयो ।

एम्बुलेन्स सेवा संचालन तथा व्यवस्थापन कार्यविधि २०७९ बमोजिम आठराई गाउँपालिकाले एम्बुलेन्स संचालनमा ल्याएको हो ।

‘आठराई गाउँपालिका क्षेत्र भित्रका स्वास्थ्य चौकीहरु, प्राथमिक स्वास्थ्य केन्द्र संक्रान्तीबजार तथा प्रादेशिक अस्पताल पाँचथर सम्म प्रसुति गराउन आउने आठराई बासि महिलाहरूलाई आउन (जान घरबाट स्वास्थ्य संस्थासम्म र स्वास्थ्य संस्थाबाट घरसम्म आउन र आकस्मिक प्रकृतिका सेवा (गम्भीर प्रकृतिका चोटपटक ,सवारी दुर्घटना)मा आठराइ बासि सम्पूर्णमालाई नि स्शुल्क सेवा प्रवाह गरिने साथै अन्य बिरामी को हकमा भने शुल्क लिएर एम्बुलेन्स सेवा प्रदान गरिनेछ,’ पालिकाद्वारा सार्वजनिक बिज्ञप्तिमा भनिएको छ ।