काठमाडौं, ९ पुस । नेकपा माओवादी केन्द्र प्रदेश- १ को संसदीय दलको दुई नेताको दावी परेको छ ।
दलको नेतामा पाँचथर प्रदेश – २ बाट निर्वाचित सांसद तथा हालका प्रदेश अर्थमन्त्री समेत रहेका इन्द्रबहादुर आङ्बो र तेह्रथुमबाट प्रदेश – २ बाट निर्वाचित दुर्गा चापागाईंले दाबी गरेका हुन्।
उनीहरु दुवैले दलको संसदीय दलको नेता बन्न नेता तथा सांसदहरुसँग छलफल तीव्र रुपमा गरिरहेका छन् । त्यति मात्रै नभइ उनीहरुले नै एकल अर्कालाई सहयोग मागामाग भइरहेको छ ।
चापागाईँको दावीपछि आङ्बोले संसारमा निर्विकल्प केही नभएको बताए । तर चागाईँको दाबीले त्यति फरक नपर्ने तर्क पनि गरे ।
प्रदेश १ मा पुस ११ गतेका लागि सांसदहरुको सपथग्रहण तोकिएको छ । सपथ ग्रहणपछि दलको नेता चयन गर्ने माओवादीको तयारी छ । तर संसदीय दलको नेता को बन्ने भन्ने निधो हुन सकेको छैन ।
२०७४ सालको निर्वाचनमा पनि पाँचथर प्रदेशसभा २ बाट निर्वाचित आङ्बो माओवादी केन्द्रको दलको नेता हुँदै दुई पटक आर्थिक मामिला तथा योजना मन्त्री भइसकेको अनुभवी नेता हुन् ।
उनले अबको बन्ने सरकारमा मन्त्री नबन्ने तर मुख्यमन्त्रीमा भने दावी रहने यसअघि नै बताइसकेको छन् ।
उता चापागाईले भने आङ्बो यसअघि पनि दलको नेता भएका कारण यो पटक आफूले पालो पाउनुपर्ने दाबीका साथ नेता तथा सांसदहरुसँग छलफल गरिरहेका छन् । उनले भरसख सर्वसम्मतिले नेता चयन गर्ने नभए निर्वाचनकमै जानेसम्मको मनशाय व्यक्त गरेका छन् ।
दलको नेतामा दाबी गर्ने दुवै नेता माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य हुन् । दुवैले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेटेर आफ्नो दाबी सुनाइसकेका छन् ।