तातिए तेह्रथुमका सरोकारवाला, लम्बु दोभानको मोटरपुल तत्काल सम्पन्न नगरे आन्दोलन गर्ने

काठमाडौं, २० पुस । तेह्रथुम र पाँचथर जोड्ने लम्बु दोभानको मोटरेवल पुल निर्माण अलमलमा परेपछि विभिन्न संघ संस्थाले आन्दोलन थालेका छन् ।

करिब १० वर्षअघि देखि लम्बु दोभानस्थित तमोर खोलामा मोटरेवल पुले निर्माण थालिएको थियो । तर एक दशक नाघेपनि पुल निर्माणको उल्लेख्य प्रगति देखिँदैन । सो को चेतावनीसहित स्थानीय व्यपारी व्यवसायी, जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, नागरिक समाजका अगुवासहित २२ वटा संघ संस्थाले मंगलबार ध्यानाकर्षण गराएका हुन् ।

उनीहरुले ध्यानाकर्षण पत्र बुझाउँदै १५ दिन भित्रमा पुल बन्ने सुनिस्चितता नभए आन्दोलनको चेतावनीसमेत दिएका छन् । उनीहरुले म्याङलुङ नगरपालिका, जिल्ला प्रशासन कार्यालय, तेहथुम सडक डिभिजन कार्यालय, धनकुटामा ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

पुल निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनीले म्याद थप गर्ने गरेको तर काम भने नगर्ने गरेको छ ।

ध्यानाकर्षण पत्रमा पत्र बुझाएको १५ दिनभित्र सम्बन्धित सडक डिभिजनको प्रमुख र ठेकेदार स्वयं पुल निर्माण स्थलमै उपस्थित भएर नागरिकको प्रश्नको जवाफ दिनुपर्ने उल्लेख छ ।

ठेकेदार र सडक डिभिजनका प्रमुखले चित्तबुझ्दो जवाफ नदिई यही हिउँदभित्र काम सम्पन्न गर्ने विश्वास नदिलाए आन्दोलन तथा विरोधका कार्यक्रम सुरु गर्ने चेतावनी दिइएको छ ।

ज्ञापनपत्र