चुहानडाँडामा मोतियाबिन्दु तथा आँखा सम्बन्धि रोगको शिविर

तेह्रथुम, २१ पुस । तेह्रथुमको आठराई गाउँपालिका – ६ चुहानडाँडामा एक दिने स्वास्थ्य शिविर संचालन हुने भएको छ ।

विशेषगरी मोतियाबिन्दु तथा आँखा सम्बन्धि रोग पहिचानको लागि पुस २६ गते स्वास्थ्य शिविर संचालन हुन लागेको हो ।

आठराई वडा– का अध्यक्ष कृष्ण बास्कोटाका अनुसार चुहानडाडा स्वास्थ चौकीमा एक दिने स्वास्थ शिविर सन्चालन हुने भएको हो ।

आँखामा समस्य भएका सम्पूर्ण वडाबासीहरुमा जाँच गराएर मौकाको फाइदा उठाउन पनि अध्यक्ष बास्कोटाले आग्रह गरेका छन् ।

स्वास्थ्य शिविर जगदम्बा औषधालय सन्क्रान्तीबजारको आयोजना तथा आठराई गाउँपालिका – ६ नम्बर वडाको व्यवस्थापन संचालन हुन लागेको हो ।