तेह्रथुमका सांसद दुर्गा चापागाईँ बने मन्त्री

काठमाडौं । प्रदेश नम्बर १ का मुख्यमन्त्री हिक्मत कुमार कार्कीले मन्त्रिमण्डल विस्तार गरेका छन् ।

शुक्रबार बिहान उनले माओवादी केन्द्रका २ र एमालेका १ जना गरेर ३ मन्त्री थप गरेका हुन् । यसअघि मन्त्री रहेकामा ३ मन्त्री थपेर ७ सदस्यीय मन्त्रिमण्ड बनाएका हुन् ।

माओवादीबाट मन्त्री बन्नेमा दुर्गाप्रसाद चापागाईँ र मोरङका जीवन आचार्य रहेका छन् । जसमा चापागाईँ तेह्रथुम प्रदेश– २ का सांसद हुन । त्यस्तै एमालेबाट बुद्धिकुमार राजभण्डारीलाई मन्त्री नियुक्त गरेका छन् । मन्त्री बनेका आचार्य भने माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका ज्वाइँ हुन् ।

मुख्यमन्त्री कार्कीले आजै विश्वासको मत लिने कार्यक्रम तय भएको छ ।