- सुमन आचार्य
तेह्रथुम, ०४ माघ । गजेन्द्र इस्वो स्मृति रनिङ कप २०७९ माघ १७ देखि २३ सम्म आयोजना हुने भएको छ । आठराई गाउँपालिका वडा न २ को आयोजनामा हुने उक्त कप खाम्लालुङस्थित कालिका आधारभूत विद्यालयको खेलमैदानमा हुनेछ ।
आठराई गाउँपालिका अध्यक्ष दिलकुमार पाहिमका अनुसार मेलामा खुल्ला पुरुष तथा महिला फुटबल प्रतियोगिता हुनेछ । त्यस्तै धान नाच सगिंनि नाच व्याडमिन्टन खेल साथै सास्कृतिक कार्यक्रमको आयोजना गरिएको छ ।
खुल्ला पुरुष फुटबल खेलतर्फ प्रथम पुरस्कार नगद (एक लाख पचास हजार साथमा ३ वर्षे रनिङ कप) मेडल र प्रमाण पत्र, दोस्रो पुरस्कार नगद एक लाख साथमा ट्रफि मेडल र प्रमाण पत्र रहेको छ ।
यसैगरी खुल्ला महिला फुटबल तर्फ प्रथम नगद साठी हजार साथमा (३ वर्षे रनिङ कप) मेडल र प्रमाण पत्र, दोस्रो नगद चालीस हजार साथमा ट्रफि मेडल र प्रमाण पत्र रहेको छ ।
सास्कृतिक कार्यक्रमतर्फ प्रथम पुरस्कार नगद १५ हजार साथमा प्रमाणपत्र, दोस्रो पुरस्कार १० हजार साथमा प्रमाण पत्र, तेस्रो पुरस्कार ५ हजार प्रमाण पत्र राखिएको छ ।
त्यस्तै धान नाचतर्फ प्रथम पुरस्कार नगद १० हजार साथमा प्रमाण पत्र ,दोस्रो पुरस्कार नगद ८ हजार साथमा प्रमाण पत्र रहेको छ ।
ब्याडमिन्टन तर्फ प्रथम पुरस्कार नगद १५ हजार साथमा ट्रफि मेडल र प्रमाण पत्र दोस्रो पुरस्कार नगद १० हजार साथमा मेडल र प्रमाण पत्र राखिएको छ ।
साथै सम्पूर्ण खेलको प्रत्यक्ष प्रसारण गोल नेपाल अनलाइनबाट गरिने वडा अध्यक्ष भिमवादुर लिम्बूले जानकारी दिएका छन् ।
मेला उद्घाटन माघ १७ गते सास्कृतिक तथा झाकि कार्यक्रमका साथ उद्घाटन गरिने आयोजक कमिटीका रमेश फोम्बोले जानकारी दिए ।