काठमाडौं, ८ माघ । बारा क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य अच्युत मैनालीले ट्रक व्यवसायीहरू लामो समयदेखि भोग्दै आएका समस्याहरुको समाधानका लागि आफूले सरकार देखि सदनसम्म आवाज उठाउने प्रतिबद्धता व्यक्त गर्न गरेका छन ।
नेपाल ट्रक यातायात व्यवसायी महासंघले शनिबार ललितपुरमा आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रम बोल्दै उनले भने, ‘सरकारले बेलैमा मालबाहक ढुवानी क्षेत्रको समस्या समाधान तर्फ ध्यान नदिँदा धेरै व्यवसायीहरू यसक्षेत्रबाट पलायन हुनुपरेको छ ।’
मैनाली महासंघका सल्लाहकार समेत हुन् ।
त्यस्तै कार्यक्रम आफ्नो धारण राख्दै राष्ट्रिय स्वतन्त्रपार्टीका सांसद शिव नेपालले आफू यातायात क्षेत्रको विविध समस्याबारे जानकार रहेको र आउँदा दिनमा समस्याहरू समाधानका लागि लागि पर्ने समेत बताए ।
सांसद नेपाली गण्डकी ट्रक यातायात व्यवसायी संघका पूर्व सचिव समेत रहेको थिए । कार्यक्रममा नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष हिरालाल श्रेष्ठ, पूर्व अध्यक्ष अर्जुन रानाभाट वरिष्ठ उपाध्यक्ष लोकराज पोखरेल, उपाध्यक्ष विष्णु न्यौपाने ,महासचिव राजेन्द्र बिक्रम बानियाँ, कोष अध्यक्ष ओम कार्की लगायत अन्य व्यवसायीहरूको सहभागिता रहेको थियो ।