यो वर्षको एसईई परीक्षा चैत १७ गतेबाट (तालिकासहित)

तेह्रथुम, १४ माघ । राष्ट्रिय परीक्षा बोर्डले एसईईको परीक्षा तालिका सार्वजनिक गरेको छ ।

तालिका अनुसार यो वर्षको एसईई चैत १७ गतेबाट हुने भएको छ ।

माघ ११ गते बसेको बोर्डको बैठकले गरेको निर्णय अनुसार उक्त मितिबाट परीक्षा संचालन हुने सूचनामा जनाइएको छ ।

त्यस्तै परीक्षा बिहान ८ देखि ११ बजेसम्म हुने जनाइएको छ । परीक्षा २०७९ चैत २९ गते बुधबार सकिने सूचनामा जनाइएको छ ।

तालिका