नेकपा (एस)का पूर्णकालीन सदस्यले मासिक १० हजार पाउने

काठमाडौं, ५ पुष । नेकपा (एकीकृत समाजवादी)का पूर्णकालीन सदस्यले मासिक १० हजार पाउने व्यवस्था लागू हुने भएको छ । यो व्यवस्था काठमाडौं जिल्ला भित्रका सदस्यहरुका लागि मात्रै लागू हुनेछ ।

काठमाडौं जिल्ला कमिटीका अध्यक्ष कुसुमकुमार कार्कीको प्रस्तावमा यो व्यवस्था ल्याइएको हो । उनीहरुलाई कमिटीका सदस्यहरू मध्येबाट प्रत्येक क्षेत्रमा दुई जना सदस्यलाई खाजा, खाना, फोन रिचार्जवापत १० हजार रुपैयाँ प्रदान गर्ने गरी अभियान अवधिभरका लागि क्षेत्रीय कमिटीको सिफारिसमा पूर्णकालिन सदस्य चयन गरिने बताइएको छ ।

Facebook Notice for EU! You need to login to view and post FB Comments!