ताप्लेजुङ, २० माघ । ताप्लेजुङमा बाख्रा चराउन गएकी एक महिलाको महिलाको करेन्ट लागेर मृत्यु भएको छ ।
जिल्लाको आठराई त्रिवेणी गाउँपालिका – २ फुलबारीमा करेन्ट लागेर महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
प्रहरका अनुसार मृत्यु हुनेमा फुलबारीस्थित सिमलबोटेका ३९ वर्षीया सुखमाया श्रेष्ठ रहेकी छन् ।
उनको बिहीबार अपराह्न बाख्रा चराउन जाँदा करेन्ट लागेर मृत्यु भएको हो ।
उनी घर नफर्किएपछि खोजी गर्ने क्रममा शुक्रबार बिहान मृत भेटिएको स्थानीयलाई उदृत गर्दै जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।
अव्यवस्थित रुपमा विजुलीको तार छाडिएका कारण महिलालाई करेन्ट लगेको स्थानीयले बताएका छन् ।
अहिले प्रहरी घटनास्थलतर्फ गएको मुचुल्का तयार पारिने ताप्लेजुङ प्रहरीले जनाएको छ ।