काठमाडौं, २० माघ । नेकपा एकीकृत समाजवादीका नेता घनश्याम भूसाल एक्कासी बेहोस भएका छन् ।
शुक्रबार पार्टी कार्यालय आलोकनगर जाने क्रममा उनी वानेश्वरमा बेहोस भएका हुन् ।
उनी आफैले गाडी चलाएर पार्टी कार्यालय जाँदै गरेको र गाडीमै बेहोस भएको बुझिएको छ ।
त्यसपछि उनलाई नयाँ वानेश्वरस्थित सिभिल अस्पतालमा भर्ना गरिएको जनाइएको छ ।
अहिले उनको अवस्था सामान्य रहेको जनाइएको छ ।
Facebook Notice for EU!
You need to login to view and post FB Comments!