तेह्रथुम, २८ माघ । तेह्रथुममा ट्याक्टरले किचेर एक वृद्धाको मृत्यु भएको छ। बसन्तपुरबाट खाना पकाउने ग्याँस (सिलिण्डर) बोकेर सदरमुकाम म्याङलुङतर्फ जाँदै गरेको को १ त ५५३८ नम्वरको ट्रयाक्टर दुर्घटना भई किच्दा ती वृद्धाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय तेह्रथुमका अनुसार बिहीबार बेलुका घरमै आगो तापिरहेकी म्याङ्लुङ नगरपालिका ६ की ७६ बर्षीया हर्कमोती माथि एक्कासी ट्रयाक्टर झरेको थियो ।
उक्त घटनामा गम्भीर घाइते लिम्बूको उपचारको क्रममा मृत्यु भएको हो ।
‘हर्कमोती आगो तापिरहेको घरमा माथिबाट ट्रयाक्टर पल्टिएर आएछ । ट्याक्टरले किचेर गम्भिर घाईते भएकी हर्कमोतीको जिल्ला अस्पताल तेह्रथुममा उपचारको क्रममा मृत्यु भएको हो,’ तेह्रथुम प्रहरीले भन्यो ।
प्रहरीका अनुसार ट्रकले सडकमा पैदल यात्री दलबहादुर लिम्बूलाई ठक्कर दिएको थियो । त्यसपछि ट्रयाक्टर अनियन्त्रित भई सडक मुनीको बिशाल लिम्बूको भान्साघर माथि पल्टिएको थियो ।
ट्याक्टरको ठक्करबाट घाईते भएका दलबहादुर लिम्बूलाई थप उपचारको लागि धरान स्थित बिपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोपा रेफर गरिएको छ ।
प्रहरीले ट्याक्टरका चालक म्याङलुङ १ का देशबहादुर लिम्बूलाई पक्राउ गरेको छ ।